• आइतबार, साउन ३१ २०८३

१६ जिल्ला कुष्ठरोगी भेटिए


शनिबार, माघ १४ २०७९
625
Shares

काठमाण्डाै । नेपालका १६ वटा जिल्ला अझै कुष्ठरोग मुक्त हुन बाँकी रहेको तथ्य सार्वजनिक भएको छ। ७० औँ विश्व कुष्ठरोग दिवसको सन्दर्भमा शुक्रबार ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित आनन्दवन अस्पतालले आयोजना गरेको अन्तरक्रियामा यस्ताे रिपाेर्ट सार्वजानिक भएकाे हाे ।

स्वास्थ्य विभागका कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख विशेषज्ञ डा प्रशन्न नापितले गत आर्थिक बर्षमा मात्रै ११ जिल्लामा यो रोगका बिरामी देखा परेकाे र चालु आवमा १६ जिल्लामा यस रोगका बिरामी भेटिएको जानकारी गराए ।

यस राेगका बिरामी विशेषगरी तराईका जिल्लामा यस रोगका बिरामी देखिएका छन्। बाक्लो बस्ती भएको र भारतसँग खुला सीमा भएको क्षेत्रमा बढी मात्रामा बिरामी भेटिएकाे डा नापितले बताए ।

राेग देखिएका १६ जिल्लामा झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम रहेकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार