काठमाण्डाै । काभ्रेमा रेबिज रोग नियन्त्रण गर्न खोप अभियानलाई तीव्र पारिएको छ। जिल्ला स्वास्थ्य कार्यालय, भेटेरेनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रले हप्तौँदेखिको निगरानी, पशुचौपाया तथा स्थानीयलाई रेबिजविरुद्धको खोप लगाउन थालेको छ।
गत मङ्सिर पहिलो सातादेखि महाभारत गाउँपालिकाको दुई गाउँमा रेबिजको सङ्क्रमण देखिएपछि खाेप अभियानलाई तिब्र पारिएकाे हाे ।