• शनिबार, साउन ९ २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा श्रममन्त्री डिपी अर्याल नियुक्त


शनिबार, माघ १४ २०७९
2K
Shares

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम तथा रोजगार मन्त्री डिपी अर्याललाई कार्यवाहक सभापति नियुक्त गरेको छ ।

केन्द्रीय समितिको बैठकबाट पार्टीको विधान बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि पार्टीका उपसभापति अर्याललाई पार्टीको कार्यवाहक सभापति चयन गरेको सो पार्टीले जनाएको छ ।

सो पार्टीको बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले संसदीय दलको नेतामा पनि अर्याललाई नै चयन गरेको छ । पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवाद भएपछि सर्वोच्चले उनको सांसद पद खारेज गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार