काठमाडौं । गोविन्द केसीका माग पूरा गराउने पक्षमा आफु रहेकाे स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा तोसिमा कार्कीले बताएकी छिन ।
आज शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले आयाेजना गरेकाे स्वागत कार्यक्रमलाई सम्बाेधन गर्दै कार्कीले डाक्टर केसीकाे हरेक जायज माग सम्बाेधन हुने बताएकी हुन् ।
चिकित्सा शिक्षा सुधार अभियन्ता डा केसीका मागहरुलाई हिजाे सडकदेखि नै आफूहरुले उठाउदै आएकाे बताउदै राज्यमन्त्री कार्कीले अब सदनमा समेत उठाउने प्रतिवद्धता ब्यक्त गरेकी हुन् ।
कार्यक्रममा बोल्दै डा. कार्कीले संविधानले नै आकस्मिक स्वास्थ्य उपचारमा कुनै पनि नागरिक वञ्चित गर्न नहुने सुनिश्चता गरेको भए पनि लागू हुन नसकेको बताइन् । तर, स्वास्थ्यलाई मौलिक हकको रुपमा सुनिश्चित गर्नका लागि थप रणनीति र कार्यविधि बनाउन लागेको उनको भनाई छ ।
हेर्नुस भिडियाे :