• शनिबार, साउन ९ २०८३

विदेशबाट फर्किएर उद्यम गरिरहेकालाई सरकारले पुरस्कृत गर्ने


शुक्रबार, माघ १३ २०७९
1.1K
Shares

काठमाण्डौ । विदेशबाट फर्किएर उद्यम गरिरहेकालाई सरकारले पुरस्कृत गर्ने भएकाे छ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गरिरहेका नागरिकलाई सरकारले राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको हाे ।

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेकाहरूलाई राष्ट्रिय सम्मान गर्ने भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदन आह्वान गरेको हो । 

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेश मै उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीहरूलाई उनीहरूको योगदानको कदर स्वरूप पुरस्कृत गरी स्वरोजगारीलाई प्रोत्साहन गर्नका खोजिएको मन्त्रालयले जनाएको छ । 

उद्यमीहरूले यही माघ १९ गतेसम्म मन्त्रालयमा आवेदन दिन सक्नेछन् । आवेदन दिनका लागि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई कम्तीमा विदेशमा एक वर्ष काम गरी स्वदेश फर्किएको हुनु पर्ने छ भने वैदेशिक रोजगारीबाट नेपाल फर्किएर व्यवसाय सञ्चालन गरेको पनि एक वर्ष पूरा भएको हुनुपर्छ । 

आवेदन फारम र यस सम्बन्धी कार्यविधिसमेत मन्त्रालयको वेबसाइटमा उपलब्ध भएको मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार