• शनिबार, साउन ९ २०८३

संक्रमितको संख्या २५० होइन, २४५ हो, त्रुटि भयो : स्वास्थ्य मन्त्रालय


बिहिबार, जेष्ठ १ २०७७
855
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान ७ जना नयाँ संक्रमित थपिएको भनेर दिएको संख्या त्रुटिपूर्ण देखिएको छ।

कपिलबस्तु र काठमाडौंबाहेक धनुषा, महोत्तरी र सर्लाहीमा ५ जना नयाँ संक्रमित थपिएको भनेर मन्त्रालयले दिएको सूचना गलत पाइएको हो।

यस अनुसार हेर्दा बिहीबार बिहान २ जना मात्रै नयाँ कोरोना संक्रमित थपिएका हुन्। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ मात्रै हो। २५० भनिएकाे सुचना गलत भइ सच्याइएकाे भन्दै मन्त्रालयले पुन अर्काे सुचना प्रकाशित गरेकाे छ ।

हेर्नुस सुचना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार