• शनिबार, साउन ९ २०८३

रवि लामिछानेकाे साँसद पद खारेज गर्ने सर्वाेच्चकाे फैसला


शुक्रबार, माघ १३ २०७९
2.1K
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्ने सर्वोच्च अदालतले फैसला गरेकाे छ ।

उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेकाले उनको उम्मेदवारी र निर्वाचित गर्ने निर्णय खारेज गरेको हो ।

सर्वोच्च अदालतले सांसद पद खारेज गरेसँगै लामिछानेको पार्टी सभापतीसहित उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ ।

उनकै नेतृत्वमा केहि महिनाअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार