काठमाण्डाै । आफुले पाउने सेवासुविधाबाट सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष अशिम राईले एक जनालाई एमबिबीएस पढाउने भएका छन् । उनले खर्च अभावले पढ्न नपाएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई आफ्नै खर्चबाट एमबिबीएस पढाउने निर्णय गरेका हुन् ।
पालिकाका तर्फबाट एक सूचना जारी गर्दै छात्रवृत्तिका लागि आवेदन दिन आह्वान समेत गरिएकाे छ । गाउँपालिका भित्रका इच्छुक विद्यार्थीले सम्बन्धित विषयको प्रवेश परीक्षा उत्तीर्ण गरी गाउँपालिकामा १५ दिनभित्र आवेदन दिन आग्रह गरिएकाे बताइएकाे छ ।
