• शनिबार, साउन ९ २०८३

शिक्षामन्त्री खनालकाे पुत्ला दहन


शुक्रबार, माघ १३ २०७९
1.4K
Shares

काठमाण्डाै । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला दहन गरिएकाे छ ।

नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले आज बिहान प्रदर्शनी मार्गस्थित रत्नराज्य (आरआर) क्याम्पस अगाडि शिक्षामन्त्री खनालको पुत्ला दहन गर्दै राजीनामा मागेका हाे।

एकदेखि कक्षा पाँचसम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी संस्थालाई दिने निर्णयका विरुद्धमा अनेरास्ववियूले विरोध गरेको हो।

गरीब विद्यार्थीको खिलाफमा निजीलाई पोस्ने मन्त्री खनाल शैक्षिक दलाल भएको आरोप विद्यार्थीहरूले लगाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खनाल हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार