• शनिबार, साउन ९ २०८३

रोल्पामा स्नातकोत्तर कक्षा सञ्चालन हुने


बिहिबार, माघ १२ २०७९
1.1K
Shares

रोल्पामा स्नातकोत्तर तहको अध्ययन सुरु हुने भएको छ । सदरमुकाम लिवाङको जलजला बहुमुखी क्याम्पसले स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गर्न लागेको हो ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा रहेको सो क्याम्पसले चालु शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा शिक्षाशास्त्र सङ्काय अन्तर्गत ‘पाठ्यक्रम र मूल्याङ्कन’ विषय अध्यापन गराउन लागेको क्याम्पस प्रमुख खेम खड्काले जानकारी दिए । 

विद्यार्थी भर्नाका लागि क्याम्पसले आवेदन गरिसकेको छ । त्यसका लागि माघ २१ मा प्रवेश परीक्षा सञ्चालन गरिनेछ भने फागुन ३ सम्म भर्ना समय तोकिएको छ । उनले फागुन ५ देखि नियमित पठनपाठन सुरु गर्ने योजना रहेको बताए । 

यसअघि जिल्लामा स्नातकोत्तर तहको पढाइ नहुँदा यहाँका विद्यार्थीहरू दाङ, नेपालगञ्ज, प्यूठान, बुटवल, काठमाडौँलगायतका स्थानमा जानुपर्ने बाध्यता थियो । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार