• सोमबार, साउन ११ २०८३

दुर्व्यवहार भएकाे भन्दै अस्पतालका ४ डाक्टरले दिए सामुहिक राजिनामा


बिहिबार, माघ १२ २०७९
850
Shares

काठमाण्डाै । दुर्व्यवहार भएकाे भन्दै सुनसरीकाे चतरा अस्पतालमा कार्यरत ४ जना डाक्टरले राजिनामा दिएका छन् । बराह क्षेत्र नगरपालिकामा रहेको साे अस्पतालमा चेकजाँचमा आएका बिरामीका आफन्तले आफुहरुमाथी गालीगलाैचसहित दुर्व्यवहार गरेकाे भन्दै ४ डाक्टरले पदबाट राजीनामा दिएका हुन् । 

राजिनामा दिनेहरुमा डा विष्णु भण्डारी, डा विवेक बर्मा, डा विकास दास र डा सुरज थापा मगर रहेका छन् ।

गलत औषधि लेखिदिएको भन्दै विरामीका आफन्तले ओपीडी ड्यूटीमा रहेका डाक्टरलाई गाली गरेको उनिहरुकाे आरोप छ । कार्य क्षेत्रमा असुरक्षित महसुस गरेको भन्दै राजीनामा दिनुपरेकाे एक डाक्टरकाे भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार