सुर्तीजन्य पदार्थको बिक्री स्थलमा विज्ञापन गर्न नपाइने भएको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रले बुधबार एक सूचना जारी गर्दे सुर्तीजन्य पदार्थको बिक्री स्थलमा विज्ञापन गर्न नपाइने जनाएको छ।
निर्देशक सुनिलराज शर्माद्वारी जारी सूचनामा सुर्तीजन्य कम्पनीहरुले खुद्रा किराना पसल, होलसेल किराना पसल लगायत अन्य पसलहरुको बिक्री स्थलमा आफ्नो कम्पनीको नाम र दररेट सहितको मुल्यसूची राखेर विज्ञापन गरेको पाइएको भन्दै उक्त कार्य रोक्न भनिएको छ।
हेर्नुस सुचना
