• शनिबार, साउन ९ २०८३

प्रेमप्रसादले उठाएका विषयमा छानबिन गर्ने सरकारको निर्णय


बुधबार, माघ ११ २०७९
950
Shares

काठमाडौं । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यसबारे छानबिन गर्ने निर्णय गरेको हो ।

त्यसको जिम्मा गृह मन्त्रालयलाई दिइएको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले छानबिन गरेपछि तथ कदमहरू अगाडि बढाउने बताए ।

आचार्यले हिजो मंगलबार नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो लगाएका थिए । उनको उपचारको क्रममा आज बिहान निधन भएको थियो । उनले आफ्नै शरीरमा आगो लगाउनुअघि सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाट लेखेका थिए । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार