काठमाडौं । जर्मनी राजदूतावासले बेल्जियमको भिसा आवेदन नलिने घाेषणा गरेकाे छ । काठमाडौंस्थित दूतावासले आज बुधबार एक सूचना जारी गर्दै आगामी मार्च १ देखि बेल्जियम मुख्य गन्तव्य स्थल रहेका भिसा आवेदनहरुको ‘प्रोसेस’ नगर्ने घोषणा गरेकाे हो ।
नेपालमा बेल्जियम दूतावास नभएको हुँदा हालसम्म जर्मनी दूतावासले बेल्जियमको भिसा आवेदन लिँदै आएको थियो । अब जर्मन दूतावासले उक्त प्रक्रिया नगर्ने स्पष्ट पारेको छ ।
दुतावासले जारी गरिएकाे सूचनामा बेल्जियमको लागि भिसा आवेदन राेकिनुकाे कारण भने खुलाइएकाे छैन ।