• शनिबार, साउन ९ २०८३

वैदेशिक रोजगारीमा जान चाहनेलाई बाेर्डले निःशुल्क सीपमूलक तालिम दिने


मंगलबार, माघ १० २०७९
2.2K
Shares

काठमाण्डौ । वैदेशिक रोजगारीमा जान चाहनेहरुको लागि वैदेशिक रोजगार बोर्डले निःशुल्क सीपमूलक तालिम प्रदान गर्ने भएकाे छ ।

बोर्डले सूचना प्रकाशित गर्दै यो आर्थिक वर्षको लागि विभिन्न १७ वटा विषयमा एक सय ६० घण्टे तालिम दिन लागेको जनाएकाे हो । बोर्डका अनुसार १८ वर्ष उमेर कटेका नेपाली नागरिकले तालिम लिन सक्नेछन् ।

तालिममा सहायक एल्युमिनियम फैब्रिकेटर, सहायक स्काफफोल्डिङ, टाइल मार्बल फिक्स्चर, वेल्डर, इलेक्ट्रिसियन, गार्मेन्ट मेसिन अपरेटर रहेका छन् । यस्तै, फ्रन्ट अफिस सहायक, हाउसकिपिङ, हाउस पेन्टर, फर्निचर मेकर, किचेन हेल्पर, मेसन, शटरिङ कार्पेन्ट्री, स्टील फिक्सर र वेटरको तालिम पनि निशुल्क प्रदान गरिने बाेर्डले जनाएकाे छ । 

साे तालिम बाेर्डले इलाम, तेह्रथुम, झापा, महोत्तरी, सिराहा, स्याङ्जा, बाग्लुङ, पाल्पा, पोखरा, नुवाकोट, काभ्रेपलाञ्चोक, पोखरा, चितवन, गुल्मी, रुकुम, जाजरकोट, बाँके, दाङ, डोटी र कञ्चनपुरमा तालिम प्रदान गर्न लागेको हो । यी जिल्लामा रहेका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदमा आबद्ध शिक्षालयबाट यी तालिम सञ्चालन हुनेछन् ।

हेर्नुस बाेर्डकाे सूचना:

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार