काठमाडौं । विदेशमा प्रमाणपत्र तह अध्ययन गर्न जाने विद्यार्थीहरुलाई सहमति लिएर मात्र जान नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले आग्रह गरेको छ।
प्रमाणपत्र तहको विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुमध्ये कतिपय विद्यार्थीहरुले परिषदले स्वीकृती नदिएको संस्थाबाट अध्ययन गरेर आउने गरेको भन्दै त्यस्ता विद्यार्थीलाई परिषदले मान्यता नदिने जनाएको छ। परिषद्ले आज मंगलबार एक सूचना जारी गरेर यस्ताे आग्रह गरेकाे हाे ।
मान्यता प्राप्त हुन नसकेका उपाधिहरु परिषदमा दर्ता नहुने र परिषदमा दर्ता नभई स्वास्थ्य सेवा प्रवाहमा काम गर्न नपाइने व्यवस्था परिषद ऐनमा छ।
मान्यता नपाएमा विद्यार्थीहरुको श्रम, समय र लगानी खेर जाने भएकोले परिषदमा दर्ता हुने प्रमाणपत्र तह अध्ययन गर्न जाने विद्यार्थीहरुले परिषदबाट अध्ययन सहमति लिएर मात्र अध्ययन गर्न जान आग्रह गरिएको छ। साथै प्रक्रिया पुरा नगर्ने विद्यार्थीहरुको परिषदमा नाम दर्ता नहुने समेत परिषदले सूचनामा उल्लेख गरेकाे छ ।
हेर्नुस सूचना
