• सोमबार, साउन ११ २०८३

मुसा र कुकुरले टोक्दा टेकु नै आउनुपर्ने बाध्यता अन्त्य गर्नुपर्छ: स्वास्थ्य राज्यमन्त्री


मंगलबार, माघ १० २०७९
650
Shares

काठमाण्डाै । स्वास्थ्य तथा जनसङख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले मुसा र कुकुरले टोक्दा पनि टेकु अस्पताल नै आउनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने बताएकी छन् ।

मंगलबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ८९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरुवा रोग सम्बन्धी उपचार गर्न देशभरबाट टेकु नै आउनुपर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताएकी हुन् । त्यसका लागि यस शुक्रराज अस्पतालबाट दिँदै आएका सेवाहरूको विकेन्द्रीकरण गर्न आवश्यक रहेको बताएकी छन् ।

त्यसैगरी उनले विभिन्न खालका महामारीलाई धान्न सक्ने अस्पतालहरू पालिका स्तरमा बनाउन आवश्यक रहेको बताइन् ।

भन्छिन्, ‘अब गाउँ, पालिका, नगरपालिका, जिल्ला र प्रदेशस्तरमा टेकु अस्पतालजस्ता सरुवा रोग सम्बन्धीका अस्पतालहरू हुन जरुरी छ।’

साथै राज्यमन्त्री कार्कीले स्वास्थ्यकर्मीहरुले उठाइरहेको जोखिम भत्ताको बारेमा मन्त्रालय गम्भीर रहेको बताइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार