• सोमबार, साउन ११ २०८३

जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै प्रमुख लक्ष्य: स्वास्थ्यमन्त्री गिरी


मंगलबार, माघ १० २०७९
1.3K
Shares

काठमाण्डाै । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको बताएका छन् ।

मंगलवार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको ८९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले जनमुखी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह प्रमुख लक्ष्य र संकल्प रहेको बताए ।

मन्त्री गिरीले स्वास्थ्यका प्रणालीहरु चुस्त, दुरुस्त बनाइ स्वास्थ्य क्षेत्रमा भएका विकृतिहरुलाई अन्त्य गर्दै सुदृढ स्वास्थ्य प्रणालीको विकास गर्न आफूले चाहेको बताए ।

‘पुरानो संरचना भत्काउँदै छौँ, नयाँ संरचना बन्दैछ । यही स्थान तीन सय बेडको अस्पताल स्थापना गर्छौं’ उनले भने, ‘तर यो तीनसय बेड पनि पर्याप्त होइन पाँच सय बेडको बनाउनुपर्छ ।’ नेपालको स्वास्थ्य क्षेत्र सबैभन्दा भरपर्दो, गुणस्तरीय, र अब्बल सावित गर्ने सबैको दायित्व भएको उनको भनाइ छ ।

साथै, मन्त्री गिरीले स्वास्थ्य क्षेत्रलाई जनतामुखी, जवाफदेही र गुणस्तरीय बनाएर सबै जनतामा स्वास्थ्यको पहुँच पु¥याउनु आफ्नो पहिलो काम भएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार