• सोमबार, साउन ११ २०८३

स्वास्थ्य क्षेत्रका अनियमितता विरुद्ध निर्मम प्रस्तुत हुन्छुः राज्यमन्त्री ताेसिमा कार्की


मंगलबार, माघ १० २०७९
895
Shares

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रका अनियमितता विरुद्ध आफू निर्मम तरिकाले प्रस्तुत हुने बताएकी छन् ।

सिभिलखबरसँगको कुराकानीमा उनले स्वास्थ्य विभाग, स्वास्थ्य परिषद्, आयोग र प्रतिष्ठान सबैसँग समन्वय गर्दै स्वास्थ्य क्षेत्रमा भएका अनियमितता विरुद्ध निर्मम तरिकाले प्रस्तुत हुने बताएकी हुन् ।

‘नागरिकले मलाई पद मात्रै दिनुभएको होइन, आफ्नो स्वास्थ्य जिम्मा लगाउनु भएको छ ।’ उनले भनिन् ‘यो जिम्मेवारी कुसलतापूर्वक निर्वाह गर्ने अठोट गरेको छु ।’ अहिले बनेको नयाँ सरकारले सम्बन्धित निकायहरुसँग समन्वय गरेर स्वास्थ्यको क्षेत्रमा उल्लेखनिय काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।

अस्पताल भनेर खडा भएका संरचना भवनमा मात्र सिमित बनेको भन्दै डा कार्कीले अब त्यसको भरपुर सदुपयोग गरेर पालिका स्तरमा स्वास्थ्य सेवा पु¥याउने बताइन् ।

लामो समयदेखि स्वास्थ्य संस्थाहरुमा दरबन्दी नथपिएकाले आफ्नो पहिलो प्राथमिकता चिकित्सक लगायत स्वास्थ्यकर्मीहरुको दरबन्दी बढाउने रहेको उनको भनाइ छ । त्यसैगरी आम नागरिकले अनुभुत गर्ने गरी स्वास्थ्य बिमालाई सुनिश्चित गर्ने बताइन् । साथै, उनले स्वास्थ्य क्षेत्रमा काम गर्ने सवालमा कोही बाधक नबन्न समेत आग्रह गरेकी छिन् ।

डा.कार्की ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् । उनी ‘स्वस्थ नेपाली सुखी नेपाली’ नारासहित मतदातामाझ पुगेकी थिइन् ।

तत्कालीन ऊर्जामन्त्री समेत रहेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल र एमाले उम्मेदवार अमृत खड्कालाई हराउँदै निर्वाचित भएकी कार्की डा. गोविन्द केसीको चिकित्सा शिक्षा सुधार आन्दोलनमा समेत सक्रिय थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार