• आइतबार, साउन ३१ २०८३

राज्यमन्त्री तोसिमासँग कुनै विवाद छैन: स्वास्थ्य मन्त्री गिरी


मंगलबार, माघ १० २०७९
820
Shares

काठमाण्डाै । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले राज्यमन्त्री डा.तोसिमा कार्कीसँग कुनै विवाद नरहेको बताएका छन्। सोमबार स्वास्थ्य पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री गिरीले बाहिर हल्ला भएजस्तो अवस्था नभएको स्पष्ट समेत पारे । 

स्वास्थ्य मन्त्री र राज्यमन्त्री दुवैजना युवा मन्त्रालयमा आएका बेला स्वास्थ्य क्षेत्रमा नयाँ काम गर्ने बारे सल्लाह भएको गिरीको दावी छ। 

‘हामी नियमित छलफल गरिरहेका छौ । दुई जना युवा मन्त्री र राज्यमन्त्री भएका बेलामा हामी मिलेर राम्रोसँग स्वास्थ्य क्षेत्रमा सुधार गर्छौ मलाई पूरै विश्वास छ ।’ उनले भने ।

गिरी स्वास्थ्य मन्त्रीमा नियुक्त भएपछि स्वास्थ्य पत्रकार मञ्चले परिचयात्मक तथा अन्तक्रिया कार्यक्रम राखेको हो। अन्तक्रिया कार्यक्रम उपस्थित स्वास्थ्य पत्रकारहरुले मन्त्रीलाई आफूले देखेका स्वास्थ्य क्षेत्रमा समस्याबारे अवगत गराएका थिए। 

मन्त्री गिरीले आफ्नो पालामा स्वास्थ्य क्षेत्रमा कुनै नीतिगत भ्रष्टाचार हुन नदिने प्रतिवद्धता व्यक्त समेत गरे । स्वास्थ्य क्षेत्रमा कतै जनशक्ति नहुने र कतै भएका जनशक्तिलाई काम नहुने अवस्था रहेकाले त्यो सुधार गर्ने मन्त्री गिरीले बताए । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार