काठमाडौं । कान्ति बाल अस्पतालले सेवाग्राहीको सहजताका लागि काउन्टर थपेको छ। अस्पतालमा आउने बिरामी र सेवाग्राहीको लाइन कम गर्न र भिड हटाउन दुई नयाँ टिकट काउन्टर सुरु गरेको हो।
बुधबार टिकट काउन्टर थपेको अस्पतालका निर्देशक डा.युवानिधि बसौलाले जानकारी दिए। अब काउन्टरको संख्या ६ पुगेको छ। कान्ति बालमा दैनिक ओपीडीमा ६ सय र इमरजेन्सीमा एक सयदेखि १५० बिरामी आउने गर्छन् ।