काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रुपले कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
दादुराको प्रकोपको अवस्था अवलोकन गर्न बाँके पुगेका स्वास्थ्यमन्त्री गिरीले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विषय आफ्नो पहिलो प्राथमिकतामा परेको बताए।
गएको सरकारले स्वास्थ्य बिमा कार्यक्रमको कार्यान्वयनप्रति उदासिन देखिएकाले प्रभावकारी रुपमा अघि बढ्न नसकेको उनको भनाई छ। कार्यान्वयनमा विभिन्न समस्या देखिए पनि समाधान गर्दै कार्यान्वयन गर्दै लैजाने उनको प्रतिवद्धता छ।
‘स्वास्थ्य बिमा कार्यक्रम विभिन्न कारणले प्रभावकारी हुन सकेन। विगतको सरकारले बिमालाई प्रभावकारी कार्यान्वयन गर्ने सदन्र्भमा उदासिन देखियो।’ उनले भने।
बिमा कार्यक्रमलाई अघि बढाउन नसके गरिब जनतालाई गुणस्तरीय सेवा दिन्छु भन्नु गफ मात्रै हुने उनले बताए। दुर्गम र विपन्न जनता भएका ठाउँमा स्वास्थ्य बिमा कार्यक्रम निकै आवश्यक रहेको बताउँदै उनले बिमा मार्फत सबै नागरिकलाई सेवा दिने वातावरण मिलाउनुपर्नेमा जोड दिए।