• सोमबार, साउन ११ २०८३

कैलालीका तीन पालिकामा दादुरा देखियो


मंगलबार, माघ १० २०७९
1.3K
Shares

काठमाणडाै । कैलालीका तीन वटा पालिकामा दादुरा देखिएको छ । धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका तीन जना बालकमा दादुरा देखिएको हो ।जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका तीन बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको छ ।

‘तीन जना बालबालिकामा दादुरा संक्रमण पुष्टि भइसकेको छ,’ जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले भने, ‘अन्य केही बालबालिकामा पनि दादुरा भएको आशंका गरिएको छ, उनिहरुको नमूना परिक्षण भइरहको छ ।’

धामीका अनुसार धनगढी उप महानगरपालिका–१, गोदावरी नगरपालिका–३ भैसीहारका पाँच वर्ष १० महिनाका एक बालक र गौरीगङ्गा नगरपालिका–६ का १८ महिने बालकमा शुक्रबार दादुरा पुष्टि भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार