• शुक्रबार, साउन ८ २०८३

नेपाल व्यवस्थापन संघ गण्डकी प्रदेशकाे अध्यक्षमा कार्की


आइतबार, माघ ८ २०७९
1.1K
Shares

नेपाल व्यवस्थापन संघ गण्डकी प्रदेश समिति गठन गरिएको छ । संघका केन्द्रीय अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा शनिबार पोखरामा आयोजित कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका प्राडा वीरबहादुर कार्कीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा देवीलाल शर्मा (पृथ्वीनारायण क्याम्पस), सचिवमा माधव बस्ताकोटी (शंकर पेपर वर्कस् प्रालि), कोषाध्यक्षमा सूर्य रोक्का (नबिल बैंक गण्डकी प्रदेश) छन् ।

सदस्यमा दुर्गाप्रसाद हुमागाई (सफल मिडिया हाउस ), गणेशबहादुर थापा (होटल स्नोल्यान्ड, लेकसाइड), प्रकाश रेग्मी (नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज) र सिए अमित थापा (हिमश्री फुड) रहेको निर्वाचन समिति संयोजक दिलीप पौडेलले जानकारी दिए ।

कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति डा गणेशमान गुरुङ, महासचिव मोहन ओझा, पूर्वकोषाध्यक्ष दिलीप पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, चेम्बर अफ कमर्स गण्डकी अध्यक्ष किसान सुनार, नवनियुक्त अध्यक्ष कार्की, दविलाल शर्मा लगायतले बोलेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार