गोरखा । गोरखामा दोस्रो चरणको कपडा बैंक कार्यक्रम सम्पन्न भएको छ ।
लियो क्लव अफ गोरखाको आयोजनामा गोरखा नगरपालिका १० छेवेटारमा सञ्चालन गरेको कायक्रम शनिवार एक कार्यक्रमका बिच सम्पन्न गरिएको हो ।
चिसोबाट आफु पनि बाचौँ र अरुलाई पनि बचाऔँ भन्ने मुख्य उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरएिको क्लबका अध्यक्ष बालकृष्ण परीयारले बताए । जाडोमा न्यानो कपडा किन्न नसक्ने करिब ५० भन्दा बढी मानिसहरुलाई आवश्यक प्रयोग गर्न मिल्ने कपडा वितरण गरिएको उनले बताए ।
क्लवका अध्यक्ष परियारको अध्यक्षता तथा लियो क्लव अफ गोरखाका एड्भाईजर लायन श्यामबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लायन्स क्लव अफ गोरखा तारानगरका अध्यक्ष यम बसेल, क्लवका दरौदीका अध्यक्ष रमेश विष्ट, समाजसेवि बुद्ध डोङ तामाङ लगायत उपस्थिति रहेको कार्यक्रम संयोजक रचना बसेलले जानकारी दिए ।

