गोरखा । गोरखा नगरपालिकाले धानको बिउमा ५० प्रतिशत अनुदान दिने भएको छ ।
नगरक्षेत्रभित्र धान खेती गर्ने कृषकलाई उन्नत जातको बिउमा ५० प्रतिशत छुट दिने नगरपालिकाले घोषणा गरेको छ ।
बुधबार सूचना प्रकाशित गर्दै नगरपालिकाले अनुदान लिन चाहने कृषकलाई आगामी जेठ ३ गतेसम्म निवेदन दिन समेत आह्वान गरेको छ ।
निवेदन अनलाइन मार्फत दिन सकिने समेत नगरपालिकाले जनाएको छ ।
अनुदान लिन फरम भर्न यो लिंकमा जानुपर्नेछ ।