• शनिबार, साउन ९ २०८३

गोरखाका पत्रकारहरुले ५० प्रतिशत छुटमा स्नातकोत्तर पढ्न पाउने


आइतबार, माघ ८ २०७९
1.1K
Shares

गोरखा। गोरखाका पत्रकारहरुले अब सहुलियतमा स्नाकोत्तर पढ्न पाउने भएका छन् ।

शुक्रवार पत्रकार महासंघ गोरखा र कान्तिपुर सिटी कलेजबिच स्नातकोत्तर पढ्न ५० प्रतिशत छुटमा स्नातकोत्तर पढ्न पाउने विषयमा सम्झौता भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको आम सञ्चार तथा पत्रकारिकतामा स्नातकोत्तर अध्ययन गर्न चाहने पत्रकार महासंघ गोरखामा आवद्ध सदस्यहरुलाई ५० प्रतिशत छुटमा अध्ययन गर्न पाउने सम्झौता भएको हो ।

पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा र कलेजका आम सञ्चार तथा पत्रकारिताका प्रशासन प्रमुख, सह प्रध्यापक राजिव तिमल्सिनाबिच सम्झौता भएको हो ।

सम्झौता चालुवर्षदेखि नै लागु हुनेछ । यो सम्झौता ५ वर्षकालागि गरिएको हो । अनलाईनबाट कक्षा संचालन हुने भएकाले गोरखा मै बसेरपनि इच्छुक सदस्यले पढ्न सकिने पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाले बताए ।

सम्झौता गर्ने क्रममा कान्तिपुर सिटी कलेजका प्रिन्सिपल राजु कट्टेल, सहायक प्रिन्सिपल भानुभक्त निरौला, पत्रकार महासंघ गोरखाका सचिव बिकास मरहट्टा, सदस्य सन्तोष अधिकारी लगायतको उपस्थिती थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार