गोरखा । गोरखाको प्रमुख जिल्ला अधिकारीमा लालबाबु कवारी आउने भएका छन् ।
गृह मन्त्रालयले शुक्रवार गरेको सरुवा अनुसार कवारी जिल्लामा आउने भएका हुन् । उनी यस अघि सिराहाका प्रमुख जिल्ला अधिकारी थिए ।
यस्तै सहायक प्रमुख जिल्ला अधिकारीमा पुष्कर रानाको सरुवा भएको छ । उनी इलाका प्रशासन कार्यालय रुपन्देहीमा र्कायरत रहेका थिए ।
हालको प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको कपिल बस्तुमा सरुवा भएको छ भने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल पर्बत सरुवा भएका छन् । दुबै जना प्रमुख जिल्ला अधिकारीको भुमिकामा सरुवा भएका छन् ।