• शुक्रबार, साउन ८ २०८३

परियारद्धारा नव ज्योतिका १६ जना विद्यार्थीलाई पोषाक वितरण


आइतबार, माघ ८ २०७९
1.3K
Shares

गोरखा। सदमुकामको जिविस चोकमा रहेको न्यु लोगो टेर्लसका सञ्चालक बालकृष्ण परियारले नव ज्योती माध्यमिक विद्यालयका १६ जना विद्यार्थीलाई पोषाक वितरण गरेका छन् ।

टेर्लस सञ्चालनमा आएको नौ वर्ष पुगेको उपलक्ष्यमा शनिवार गोरखा नगरपालिका ७ डण्डिडाँडा स्थित उक्त विद्यालयका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पोषाक वितरण गरेका हुन् ।

विद्यलयको ४८ औं वार्षिक उत्सवको अवसरमा आर्थिक अवस्था कमजोर भएका कारण पोषाक किन्न नसक्ने तथा आसाय विद्यार्थीलाई निःशुल्क पोषाक वितरण गरेको परीयारले बताए ।

भिमसेन थापाँ गाउपालिका ४ धावामा जन्मिएका परीयार कुनै बिशेष दिन कुनै न कुनै यस्तै सामाजिक काम गरेर मनाउदै आएका छन् ।

साथै उनी अहिले लियो क्लव अफ गोरखा, टेलरिङ व्यावसायि संघ गोरखा र सचेत तथा बुद्धिजिवि युवा संजाल गोरखाको समेत अध्यक्ष हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार