• शुक्रबार, साउन ८ २०८३

कार्यालयबाट प्रवाह हुने सेवालाई पारदर्शी बनाउन प्रजिअको निर्देशन


शुक्रबार, माघ ६ २०७९
1.2K
Shares

गोरखा । कार्यालयबाट प्रवाह हुने सेवालाई पारदर्शी बनाउन गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आर्चायले निर्देशन दिएका छन् ।

बिहीबार प्रमुख जिल्ला अधिकारी आर्चायको अध्यक्षतामा बसेको जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुको बैठकले कार्यालयबाट दिइने सेवा लाई चुस्तदुरुस्त, व्यवस्थित, सेवाग्राही मैत्री तथा पारदर्शी प्रभावकारी बनाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएको हो ।

बैठकमा कार्यालयबाट संचालन गरीने चालु आर्थिक वर्षका स्वीकृत कार्यक्रम तोकिएको समयमा सम्पन्न गर्न, कार्यक्रम संचालन गर्दा आवश्यकता अनुसार अन्तरनिकयका समन्वय गर्न पनि निर्देशन दिएको छ ।

निर्णयमा भनिएको छ, ‘संघिया र प्रदेश सरकार अन्तरगतका कार्यालयहरुको योजना, कार्यक्रम संचालन गर्दा सम्बन्धीत स्थानीय तहरुले आवश्यक सहजीकरण गर्ने गराउने, गृह मन्त्रालय, योजना अनुगमन तथा मूल्याङकन शाखाको च.नं. २०० मिति २०७९÷०९÷२९ पत्र साथ प्राप्त नेपाल सरकारको साझा न्यूनतम कार्यक्रम बैठकमा पेश भइए छलफल भएको, नेपाल सरकारको न्यूनतम कार्यक्रममा रहेका कोभिड-१९ बाट बच्न उत्पन्न राष्टिूूय हितको संवद्धन, संघियताको कार्यन्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुढृढीकरण, शान्ति सुरक्षाको प्रत्याभूति, सुशासन र सदाचार, शान्ति प्रक्रिया पूर्णता, आर्थिक नीति तथा कार्यक्रम, सामाजिक रुपान्तरण, तत्कालिन राहत, पुननिर्माण र पुनस्र्थापना, पर्यावरणीय सन्तुलन, अन्तरराष्टिूय सम्बन्धमा रहेका कार्यक्रमलाई कार्ययोजना सहित कार्यन्वयन गर्ने’ भन्ने कुरा उल्लेख छ ।

गृह मन्त्रालय, स्थानीय प्रशासन तथा प्रदश समन्वय शाखाको च.नं.३९२ मिति २०७९÷०९÷२० गतेको पत्रबाट अबैधानिक क्रसर उद्योग बन्द गर्ने विषयको निर्देशन प्राप्त भई कार्यन्वयनको लागि स्थानीय तह लगायत सम्बन्धिति निकयमा पत्रचार गरेको, लोक सेवा आयोग, पोखरा कार्यालय, पोखराको च.नं. २१० मिति २०७९÷१०÷०४ गतेको पत्रबाट लोक सेवा आयोगको वार्षिक कार्यतालिका अनुसार रा.प.अनं. प्रथम श्रेणि (प्राविधिक) नायव सुब्बा वा सो सरह पदको पदपुर्ति सम्बन्धित विज्ञापन माघ महिनको अन्तिम बुधबार प्रकाशित हुने जानकारी बैठकमा भएको निर्णयमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार