• शुक्रबार, साउन ८ २०८३

मृत्युपश्चात शरीरको सम्पूर्ण अंग दान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा


शुक्रबार, माघ ६ २०७९
1.3K
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मृत्युपछि आफ्नो शरीरका सम्पूर्ण अंगहरु दान गर्ने घोषणा गरेका छन् ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा शुक्रबार काठमाडौंको आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मृत्युपछि सम्पूर्ण शरीर दान गर्ने घोषणा गरेका हुन् ।

अंगदानको घोषणाले सिंगो देश र जनसमुदायमा सकरात्मक प्रेरणा मिल्ने उनको विश्वास छ।

कार्यक्रममा उनले केन्द्रले विपन्न बिरामीको निःशुल्क डायलसिस गरेको र स्वदेशमै प्रत्यारापण गरेर सजिलो बनाएको भन्दै प्रत्यारोपण केन्द्रको प्रशंसा पनि गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार