• शनिबार, साउन ९ २०८३

काेराेना कहर : गाेरखामा उच्च सतर्कता, ५ दिन पूर्णरुपमा बन्द गरिने


बुधबार, बैशाख ३१ २०७७
880
Shares

गोरखा । कोरोना संक्रमितको संख्या अन्य जिल्लामा बढ्दै गएसंगै गोरखामा उच्च सतर्कता अपनाइएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय गोरखामा भएको सर्वपक्षिय बैठकले जिल्लालाई पाँच दिन सिल गर्ने निर्णय गरेको हाे ।

बैठकले जिल्ला भित्र हुने खाद्यान्न, निर्माण सामग्री लगायत यस भन्दा अघिल्ला बैठकहरुको निर्णय अनुसारका सामग्रीको ढुवानी हुन र गर्न नदिने निर्णय गरेको छ ।

त्यस्तै बैंक, वित्तीय संस्था, विमा एवं सहकारीहरुको सेवा प्रवाह बन्द गरिने भएकाे छ । बैंक तथा वित्तिय संस्थामा अत्याधिक भिड भएकाे र त्यसले जाेखिम हुन सक्ने भन्दै सेवा बन्द गर्न लागिएकाे प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पाैडेलले बताए ।

तत्काल उपचार आवश्यक परेको भनि स्वीकृत चिकित्सकबाट रिफर भएको विरामी बोकेको एम्वुलेन्स, दुर्घटनामा परि तत्काल उपचार आवश्यक परेको घाइते बोकेको सवारी साधन, लास एवं मलामी, कृयापुत्रि सवार सवारी साधन, सुरक्षाकर्मी सुरक्षा अधिकारी जिल्लामा कार्यरत स्वास्थ्यकर्मी, प्रेस पास भएको संचारकर्मी तथा जनप्रतिनिधिका सवारी साधनलाई बाहेक अन्यलाई जिल्ला भित्र वाहिर गर्न रोक लगाउने समेत बैठकले निर्णय गरेको छ ।

यसैगरी खाद्यान्न, तरकारी, पशुपंक्षीका दाना, औषधि, उपकरण तथा माछामासुका पसल बाहेक अन्य सबै, पसल तथा ब्यवसाय बन्द गरिने जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार