• मंगलबार, साउन १९ २०८३

जुवा खेलेको आरोपमा गोरखाको पालुङटारबाट ४ जना पक्राउ


शुक्रबार, माघ ६ २०७९
920
Shares

गोरखा । जुवा खेलेको आरोपमा गोरखाको पालुङटारबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार दिउसो १२ बजे पालुङटार नगरपालिका वडा नं ३ सिउडेनी जंगलमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाकाडिएसपी लिलाराज लामिछानेले जानकारी दिए।

पक्राउ पर्नेहरुमा पानपा ५ का ७० वर्षीय ईश्वरी प्रसाद न्यौपाने, सोहि ठाउँका ४२ वर्षिय जयराम राजभाट, वडा नं.३ का ६२ वर्षीय कृष्ण बहादुर बोगटी र सोहि ठाउँका ४२ वर्षीय जानु मोहम्मद रहेका छन् ।

उनीहरुको साथबाट ४७ हजार नगद सहित म्याट्रेस, कम्मल, तास बरामद गरिएको उनले जानकारी दिए । ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीको टोलिले गोप्य सूचनाको आधारमा उनिहरुलाई पक्राउ गरीएको हो ।

उनिहरु विरुद्ध जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसूर मुद्दा दर्ता गरि जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार