• मंगलबार, साउन १९ २०८३

हेलिकप्टर उडानलाई सहज बनाउन चुमनुब्री बासीको माग


शुक्रबार, माघ ६ २०७९
1.1K
Shares

गोरखा । हेलिकप्टर उडानलाई सहज बनाउन चुमनुब्री बासीले माग गरेका छन् । बिहीबार सम्मानीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर हेलिकोप्टर उडानलाई सहज बनाउन ज्ञापन पत्र बुझाएका हुन् ।

उत्तरी गोरखामा हेलिकोप्टर उडान गर्न नेपाल सरकारको अनुमति लिनुपर्ने छ । अनुमति लिन झनझटिलो तथा ढिलो हुँदा बिरामी, घाइते र सुत्केरीको ज्यान घुमाउने पर्ने अवस्था छ । सो समस्यालाई मध्येनजर गरेर सहज बनाउन माग गरेको मिङमा लामाले जानकारी दिए ।

यस चुमनुब्री गाउँपालिकालाई बिगत देखि घोषण गरिएको पर्यटक निषेधित क्षेत्र कायम रहँदा पर्यटन व्यवसायीको साथै सर्वसाधारणको समेत विभिन्न कामका शिलशिलमा कठिनाइ भोग्नु परेकाले यसलाई खुल्ला गर्न पहल गर्न गरिदिनुहुन, त्रिदेशीय आर्थिक कारोबारको मेरुदण्ड बन्न सक्ने अनुमान गरिएको बेनिघाट, आरुघाट लार्के सडक हाल नेपाली सेनाले निर्माण गरिरहेकोमा बजेट कम विनियोजन तथा विभिन्न समस्याले काम सुस्त गतिमा अघि बढेकाले सडक निर्माणलाई तिब्रता दिई यथासीघ्र सो सडक निर्माणको काम सम्पन्न गर्न पहल आग्रह गरिएको छ, ज्ञापन पत्रमा उल्लेख छ ।

‘मनास्लु हिमाल, लार्केपास तथा विभिन्न पर्यटकीय स्थलका कारण पर्यटकीय दृष्किोणले प्रचुर सम्भावना बोकेको सडक निर्माण भएपछि पर्यटकीय पदमार्ग संकटमा पर्नसक्ने हुँदा बैकल्पिक पदमार्गको व्यवस्था गर्न पहल गरिदिन, भौगोलोगिक विकटता झेलिरहने चुमनुब्री गाउँपालिकालाई राज्यले सवै खालका सेवा सुविधा समानुपतिक तथा न्यायोचित वितरणका लागि छुट्टै जिल्ला तथा विशेष क्षेत्र घोषणा गर्न पहल गरिदिन चुमनुब्री बासीले माग समेत गरेका छन् ।

चुमनुब्री गाउँपालिका वडा १ का करिव ३ सय रोपनीमा रहेको गुम्वा क्षेत्रलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्न गाउँपालिकाबाट डिपिआर समेत भइसकेको र सोको लागि आवश्यक बजेट व्यस्थापनमा पहल गर्न ज्ञापन पत्रमा उल्लेख छ ।

एक गाउँ, एक स्वास्थ्य चौकीको सुविधा सवै गाउँमा हुने आवधारण पहल गर्न, भौगोलिक रुपमा बिकट तथा असुबिधाजनक हालको गाउँपालिकाले सामागाउँ, ल्हो, प्रोक र बिहीका बासीले २ घण्टामा पाउने सुविधा ३ दिनमा मात्रै सुबिधा पाउने प्रणाली अनुसार चुमनुब्री लाई २ गाउँपालिका बनाउन आवश्यक पहल गरिदिन पनि ज्ञापनपत्र मार्फत आग्रह गरिएको छ ।

मनास्लु हिमाल तथा मनास्लु पथमार्गबाट आउने पर्यटन शुल्क सम्बन्धित गाउँपालिकामा आउनलाई आवश्यक पहल गरिदिन, चुमनुब्री गाउँपालिकालाई ‘क’ बर्गको दुर्गमको मान्यता कायम गराउनका लागि आवश्यक पहल गराइ दिनु हुन, यहाँ ठुलो संख्यामा रहेका अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा दिइ व्यवस्थित गनए पहल गरिदिनु हुन, नेपाल चीन बीचको ३५ नं. सीमास्तम्भमा अवस्थित रुइला नाका बिगत तीनवर्षदेखि बन्द हुँदा जनजीविकमा अत्यन्त कठिनाई भएकाले नाका खुलाई जनजीवन सहज बनाउन पहल गरिदिनु ज्ञापन पत्रमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार