गोरखा । सिरानचोक गाउँपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा महेन्द्रलीला मावि हर्मी पहिलो भएको छ ।
महेन्द्र लीलाले ९ स्वर्ण, ८ रजत र ३ कास्य सहित २० पदक प्राप्त गरेको छ । यसैगरी ६ स्वर्ण, ४ रजत, ५ कास्य गरी १५ पदक सहित जनकल्याण मावि गाेहाेरे दोश्रो भएको छ । धर्मावती मावि चाेरकाटे भने तेश्रो भएको छ ।
धर्मावतीले ५ स्वर्ण, २ रजत, ३ कास्य सहित १० पदक प्राप्त गरेको छ । वडा नम्बर ८ जौबारीको खेलमैदानमा माघ ४ गतेबाट सुरु भएको प्रतियोगिता बिहिवार सकिएको हो ।
प्रतियोगिताको एक कार्यक्रममा वीच जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा मगरले समापन गरेका हुन् । प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने विद्यालयले मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् । प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीले जिल्ला स्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् ।
