गोरखा । गोरखा नगरपालिका ४ फिनाममा माघ १० गते निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
सरस्वती मा.बि भु.पु बिद्यार्थि संघकाे आयोजनामा फिनाम स्वास्थ्य चौकीमा हुने आयोजकले बताएको छ ।
आयोजकका अनुसार डा. शंकर पौडेल, डा. अमित तुलाचन, डा. राजेन्द्र कार्की, डा गणेश पौडेल, डा. सरस्वती ढकाल, फिजियो डा. मनिष कुमार साह लगायतका चिकित्सकहरुको सहभागीतामा परीक्षण हुनेछ ।
हाडजोर्नी, नसारोग, बाथरोग, बालरोग, स्त्रीरोग सम्बन्धी सम्पुर्ण उपचार, जनरल मेडिकल, फिजियोथेरापी सेवा, स्त्रीरोग/बाझोपन संबन्धी परामर्श तथा बिभिन्न रोगकाे उपचार हुने आयोजकले बताएको छ ।
