• मंगलबार, साउन १९ २०८३

तोलामा २० रुपैयाँ सस्तो भयो चाँदी, सुनको कति पुग्यो?


बिहिबार, माघ ५ २०७९
840
Shares

आज बिहीबार बजारमा सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापावाल सुन १ लाख ४ हजार ५ सय र तेजाबी सुन १ लाख ४ हजार रुपैयाँमा नै कारोबार भएको हो। 

तर आज चाँदीको मूल्य भने २० रुपैयाँले घटेको छ। 

महासंघका अनुसार चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको हो। अघिल्लो दिन भने चाँदी १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। 

त्यसो त अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस २.६ डलरले बढेर १ हजार ९ सय ९ डलर पुगेको छ। पछिल्लो ३० दिनयता अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ९२.१६ डलरले बढेको देखिएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार