• बिहिबार, भाद्र २५ २०८३

चिर्पटले प्रहार गरी बुहारीको हत्या, एक जना पक्राउ


बिहिबार, माघ ५ २०७९
705
Shares

म्याग्दी। आफ्नै बुहारीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका -३ मुना बस्ने ५३ वर्षीय ईन्द्र बहादुर भण्डारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार भण्डारीले बुहारी २८ वर्षीया अनिता रानालाई दाउराको चिर्पटले टाउकोमा प्रहार गरेकोमा उपचारका लागि बेनी अस्पताल लगिएकोमा उनको मृत्यु भएको हो।

पक्राउ परेका भण्डारी माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार