• बुधबार, साउन २० २०८३

मध्यपहाडी लोकमार्ग : काम अघि बढ्दै, प्रथम चरणमा ८ सय ३६ रुख काटिने


बिहिबार, माघ ५ २०७९
905
Shares

गोरखा । सामुदायीक वन सम्बन्धी बिबादका कारण लामो समय देखि प्रभावित मध्यपहाडी लोकमार्गको काम अब अघि बढ्ने भएको छ ।

आयोजना अन्र्तगत विभिन्न ठाउँमा पर्ने सामुदायिक वन सम्बन्धी समस्याका कारण सडक निर्माणको काम रोकिएको थियो । केही महिना अघि मन्त्रिपरिषद् बैठकले उक्त ठाउँको रुख काट्न अनुमति दिने निर्णय गरेको थियो ।

सोही अनुरुप डिभिजन वन कार्यालयले पुष्पलला मध्यपहाडी लोकमार्ग कार्यालयलाई रुख काट्ने इजाजत दिएको सूचना अधिकारी महेश पौडेलले जानकारी दिए । ‘डिभिजन वन कार्यालयले मध्य पहाडी लोकमार्ग अन्र्तगत गोरखा खण्डमा पर्ने रुख काट्ने सहमती प्रदान गरेको छ,’ उनले भने,‘गत शुक्रबारको मितिमा हामीले पत्रचार समेत गरिसकेका छौं ।’ प्रथम चरणमा ८३६ वटा रुख काट्ने अनुमति प्रदान गरेको उनले बताए ।

अब मध्य पहाडी लोकमार्ग आयोजनाको कार्यालयले सम्बन्धित सामुदायीक वनहरुसँग समन्वय गरि रुख काट्ने काम सुरु गर्न सक्ने डिभिजन वन कार्यालयले जनाएको छ । ‘हामीले घाटगद्दी पनि तोकिदिएका छौं,’ पौडलले भने,‘उहाँहरुले रुख काटिसक्नु हुन्छ अनि हामी गएर नापजाँच र मूल्याङ्कन गरी सम्बन्धी सामुदायीक वनलाई बुझाइदिन्छौं ।’

छिटै रुख काट्ने तयारी भइरहेको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय ठाँटीपोखरीले जनाएको छ । झण्डै ६ हजार रुख काट्नु पर्ने अनुमान गरिएको भएपनि बाँकी रुख दोश्रो चरणमा काट्ने तयारी गरिएको छ ।

यो आयोजनाको काम सुरु भएको ७ वर्ष वितिसक्दा पनि अहिलेसम्म ९ किलोमिटर सडक मात्र कालोपत्रे भएको छ । मध्यपहाडी अन्र्तगत जिल्लामा करिब ६४ किलोमिटर सडक पर्छ । उक्त सडकलाई ५ भागमा बाँडेर ठेक्का लगाइएको छ । अहिलेसम्म ठाँटीपोखरी चेपे खण्ड बाहेक अन्यत्र काम सम्पन्न हुन सकेको छैन ।

सबै भन्दा धेरै मसानेठाँटी ठाँटीपोखरी खण्डमा समस्या देखिन्छ । रुख काट्ने अनुमती नआउँदा पालुङटार नगरपालिका १ अन्नपुर्ण जंगलमा ४ किलोमिटर सडक बिस्तार हुन सकेको छैन् । अन्य जिल्लामा उक्त सडक कालोपत्रे भइसक्दा समेत जिल्लामा भने अबस्था दयनिय छ । कार्यालय र ठेकेदार कम्पनीको लापरर्वाही र सरोकारवाला निकायको समन्वयको कमीले सडक निर्माण कार्य सुस्त देखिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार