• बुधबार, साउन २० २०८३

नगरपालिका स्तरीय नृत्य प्रतियोगितामा वल्ड क्यापिटल पहिलो, शक्ति दोस्रो


बुधबार, माघ ४ २०७९
1.4K
Shares

गोरखा । गोरखा नगरपालिका स्तरीय नृत्य प्रतियोगितामा द वल्ड क्यापिटल माध्यमिक बिद्यालय पहिलो हुन सफल भएको छ ।

पुस २७ गतेदेखी सदरमुकाममा सञ्चालन भईरहेको ११ औ गोरखा महोत्सवका अवसरमा भएको नृत्य प्रतियोगितामा गोरखा नगरपालिका ८ रानिवनमा रहेको सो स्कुल पहिलो भएको हो ।

प्रतियोगितामा शक्ति माध्यमिक बिद्यालय दोस्रो र सेन्ट जोसेफ स्कुल गोरखा तेस्रो भएका छन् ।

उधोग बाणिज्य सघं गोरखाको आयोजनामा आर्थिक बिकासको आधार कृषि पर्यटन उधोग ब्यापारको उदेश्यका साथ सदरमुकाममा भई रहेको महोत्सव समारोह बीच आज भएको नृत्य प्रतियोगितामा नगरपालिका भित्रका १२ विद्यालयका प्रतियोगि विद्यार्थीहरुको सहभागीता रहेका थिए ।

नृत्य प्रतियोगितामा प्रथम, द्धितिया र तृतिया भएका हरुले क्रमश १५ हजार १० हजार र ५ हजार नगदसहित प्रमाण पत्र र मायाको चिनो प्राप्त गरेका छन् ।

सघंका अध्यक्ष कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न बिद्यालयको प्रधानाध्यापकहरुको पनि उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार