• शुक्रबार, साउन ८ २०८३

जहाज दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा गोरखामा दीप प्रज्वलन गरिने


सोमबार, माघ २ २०७९
1.2K
Shares

गोरखा। पोखरामा भएको यति एयरलायन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएकाहरूको चिरशान्तिको कामना गर्दै गोरखामा दीप प्रज्वलन गरिने भएको छ ।

नेपाल पत्रकार महासंघ गोरखा साखा र गोरखा जेसिजले गोरखा सदरमुकामको बसपार्कमा मृत्तात्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गर्ने भएको हो ।

आइतबार पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । जहाजमा ७२ जना सवार थिए । अज्ञात ४ जना यात्रुको खोजी तथा उद्धार आज पनि जारी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार