• शनिबार, साउन ९ २०८३

नेपालमा काेराेना भयावह बन्दै, आज एकै दिन ५७ जनामा संक्रमण पुष्टि


मंगलबार, बैशाख ३० २०७७
1.2K
Shares

कपिलवस्तु, रुपन्देही, पर्सा र बारामा गरी आज मंगलबार एकैचोटी ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएका सबै ५७ जना पुरुष हुन्।

‘जसमध्ये कपिलवस्तु जिल्लाका ८ जना, रुपन्देहीका ९, पर्साका ३९ र बारा जिल्लाका १ जना रहेका छन्,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

साेमबार पनि एकैदिन २४ जनामा संक्रमण पुष्टि भएकाे थियाे।

याेसँगै देशभर संक्रमितकाे संख्या १९१ पुगेकाे छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार