• शुक्रबार, साउन ८ २०८३

आज देशभर शोक बिदा, त्रिविको परीक्षा नरोकिने 


सोमबार, माघ २ २०७९
1.3K
Shares

पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले माघ २ गते आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको हो।

सरकारले बिदा दिएपनि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालू परीक्षा नरोकिने जनाएको छ। त्रिविको मानविकि तथा समाजशास्त्र संकायका डिन प्रा.डा. कुसुम शाक्यले मानविकि संकायले सञ्चालन गरेको परीक्षा माघ २ गते नरोकिने बताए ।

उनले आइतवार सूचना जारी गर्दै माघ २ गते सरकारले पोखरामा भएको हवाई दुर्घटनामा शोक बिदा दिए पनि मानविकी संकायद्वारा प्रकाशित गरिएको परीक्षा तालिका अनुसार नै स्नातकोत्तर तह चौथो सेमेष्टरको परीक्षा सञ्चालन हुने जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार