• बुधबार, साउन २० २०८३

गाेरखा महाेत्सवकाे आकर्षण बन्याे किसानका उत्पादन (फाेटाे फिचरसहित)


शुक्रबार, पुष २९ २०७९
1.5K
Shares

सुदिप श्रेष्ठ

गोरखा । एघाराै गाेरखा महोत्सवकाे आकर्षणका रुपमा जिल्लाका किसानले फलाएका उत्पादनलाई प्रदर्शनीका रुपमा राखिएकाे छ ।

कृषि ज्ञान केन्द्र गोरखाले जिल्लामा उत्पादित बिभिन्न कृषिजन्य बस्तुहरु प्रदर्शनीमा राखेकाे हाे । जिल्लामा उत्पादन भएको कृषि उत्पादनलाई प्रचार प्रसार गर्दै किसानलाई प्राेत्साहन गर्ने उदेश्यले प्रदर्शनीमा राखिएकाे कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले जानकारी दिए ।

‘ज्ञान केन्द्रले जिल्लाका सर्बसाधारणले के कस्ता उत्पादन गरेका छन, उत्पादन गरेका बालीहरुलाई बजारीकरण गरेको हो ।’ उनले भने `कृषकहरु बिच प्रतिशपर्धा गराउन पनि प्रदर्शनीमा राखिएको हो।’

जिल्लामा उत्पादन भएका कृषि सम्बन्धी तरकारी खेती, मसला बाली, ब्यबसायीक किट, फलफुल बाली, दालबाली, नगदे बालीका बस्तुहरुलाई प्रचार प्रसार गर्ने उदेश्यले उक्त प्रंर्दशनी गरीएको ज्ञान केन्द्रका प्रमुख अधिकारीले बताए।

‘हामी सगँ अहिले तरकारी बाली अन्र्तगत (काउली, ब्रो काउली, बन्दा, रायो, साग, टमाटार, मुला, आलु, फर्सी, तरुल), मसला बाली अन्र्तगत (अदुवा बेसार लसुन), ब्यबसायिक किट तर्फ(मौरी, च्याउ, रेसमी धागो), फलफुल बालीमा (सुन्तला, केरा, मेवा, ड्रयागन फुड, पेपीनो मेलन, कागती, सुन्तला, किबि, अम्वा), दालबालीमा अरअर खाध्यान्न बालीमा (गहु, मकै) नगदे बालीमा उखु छ ।

ज्ञान केन्द्रले यस्ता ब्यबसायीक खेती बारे जानकारी दिनका लागी प्राबिधिक तथा आर्थिक रुपमा सहयोग पुर्‍याएकाे उनले बताए ।

प्रदर्शनीको लागी ज्ञान केन्द्रले ५० हजार बिनियोजन गरेको छ । प्रदर्शनीमा राखिएको मध्ये प्रथम, द्वितीय, तृतीय र सात्वना हुनेलाई नगद र प्रमाणपत्रले सम्मान गरीने ज्ञान केन्द्रले जनाएको छ ।

तस्विरहरु

तस्विर : सुदिप श्रेष्ठ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार