• बुधबार, साउन २० २०८३

गण्डकीमा ‘१७ औँ कौदी कप फुटबल प्रतियोगिता २०७९’ हुने


शुक्रबार, पुष २९ २०७९
1.3K
Shares

गोरखा। गोरखाको गण्डकी गाउँपालिका ४ कौदीमा खुल्ला नकआउट प्रतियोगिता तथा १७ औ कौदी कप फुटबल प्रतियोगिता २०७९ हुने भएको छ ।

कोदो युवा क्लबले माघे सक्रान्तिको अवसर पारेर माघ २ देखि प्रतियोगीता आयोजना गरेको क्लवका अध्यक्ष दिपक गुरुङले जानकारी दिए ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने उदेश्यले उक्त प्रतियोगिता आयोजना गरेको अध्यक्ष गुरुङले बताए ।

उक्त फुटबल प्रतियागितामा प्रथम हुनेलाई १ लाख २५ हजार १ रुपैया पुरस्कार ट्रफि, मेडल र प्रमाण पत्र द्धितिय हुनेलाई नगद रु ६० हजार १ रुपैया र मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

दर्ता शुल्क १० हजार कायम गरिएको आयोजकले जनाएको छ । क्लबले माघे सक्रान्तिको अवसरमा फुटबल तथा विविध सास्कृतिक कार्यक्रमहरु गर्दै आएको छ । कार्यक्रममा गोरु जुधाई प्रतियोगिता हाडी फुटाई प्रतियोगिता समेत राखेको छ । कार्यक्रमको समापन माघ ७ गत्ते विविध कार्यक्रमका साथ हुने क्लबका अध्यक्ष गुरुङले बताए ।

कौदीमा यस वर्ष ५ हल गोरु जुधाइने

गोरखाको गण्डकी गाउँपालिका ४ कौदीमा यस वर्ष ५ हल गोरु जुधाइने भएको छ ।

हरेक वर्ष जस्तै यो वर्ष माघे सक्रान्तिको अवसर पारेर गोरु जुधाउन लागिएको क्लबका सदस्य सन्तोष गुरुङले जानकारी दिए । यस वर्ष आगामी माघ ७ गते गोरु जुधाउन लागिएको छ ।

माघे सङ्क्रान्तिको अवसरमा जुधाउन दर्ता भएका गोरुलाई एकले अर्कोसँग (वान भर्सेज वान) प्रतिस्पर्धा गराउन लागिएको छ ।

प्रतिस्पर्धामा विजेता हुने गोरु धनी किसानलाई ७ हजार र पराजित हुने गोरु धनी किसानलाई ५ हजार नगद दिइने गुरुङले बताए । गोरु जुधाई प्रतियोगीताको दर्ता शुल्क ५०० कायम गरिएको आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार