• बुधबार, साउन २० २०८३

खाद्य संस्थानद्वारा सहुलियत दरमा चामल बिक्री गर्न शुरु


शुक्रबार, पुष २९ २०७९
1.5K
Shares

गोरखा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले स्टिम जिरा मसिनो नामको चामल विक्री वितरण सुरु गरेको छ ।

गोरखा सदरमुकाम क्षेत्रका उपभोक्ताको माग अनुसार सरदमुकाममा रहेको शाखा कार्यालयको डिपोबाट सहुलियदरमा चामल बिक्री गर्न शुरु गरेको हो।

कार्यालयका सूचना अधिकारी शिव सुनारका अनुसार शुक्रवार आजदेखी जिल्लामा सहुलियतको चामल बिक्री सुरु भएको हो। उक्त चामल डिपोबाट प्रति किलो ७० रुपैयाका दरले खरिद गर्न सक्ने उनले बताए । २५ किलोको बोराको एक हजार सातसय पचास रुपैयामा खरिद गर्न सकिन्छ ।

सोना मंसुली चामलको भाउ प्रतिकिलो ५२ अर्थात ३० किलोको बोराको एक हजार पाँच सय साठी रुपैयामा खरिद गर्न सकिने कार्यालयले जनाएको छ । यस वर्ष माछाखोलामा ५०० क्विन्टल चामल ढुवानी गर्ने कोटा तय भएको छ ।

सिर्दिबास डिपोबाट दुईहजार क्वीण्टल र विमलनगरबाट पन्द्रसय गरी पैतीससय क्वीण्टल कोटा छुट्याईएकोमा विमलनगरबाट छसय साठी क्विन्टल खाद्यान्न ढुवानी भईसकेको छ । त्यस्तै, कम्पनीले यसवर्ष सिर्दिबास डिपोलाई २५२ क्विन्टल सोना मंसुली चामल पठाएको छ ।

स्टिमजिरा मसिनो चामलको माग बढि भएको र सोना मन्सुली बिक्रि हुन नसकेको कारण माछाखोलामा चलान गर्न ढिला भएको कम्पनीको निमित्त शाखा प्रमुख मुनिलाल कुश्वाहाले बताए । सिर्दिबास डिपोमा हाल ४५० क्विन्टल खाद्यान्न मौज्दात रहेको छ ।

उत्तरी क्षेत्रमा माग हुदै आएको स्टिम जिरा मसिनो चामल पनि कम्पनीले तत्काल डिपोमा पठाउने तयारी गरेको कार्यालयले जनाएको छ । सिर्दिबास डिपोमा स्टिम जिरा मसिनो प्रति केजी ७२ र माछाखोला डिपोमा प्रति केजी ७० मा बिक्री हुदै आएको कम्पनीको निमित्त शाखा प्रमुख कुश्वाहाले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार