• बुधबार, साउन २० २०८३

आज सुनचाँदी कतिमा हुँदैछ कारोबार ?


बिहिबार, पुष २८ २०७९
670
Shares

नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।

आज छापावाल सुन एक लाख ३ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ३ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुन प्रतितोला एक लाख २ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, चाँदीको मूल्य भने बिहीबार ५ रूपैयाँले घटेर १ हजार ३६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार