• बुधबार, साउन २० २०८३

ठूलो आँगनमा निर्मित पृथ्वीनारायण शाहको सालिक अनावरण


बिहिबार, पुष २८ २०७९
2.1K
Shares

गोरखा । गोरखामा पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती भव्यताका साथ मनाइएको छ ।

गोरखा नगरपालिका र नेपाली सेनाको सयुक्त आयोजनामा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइएको हो ।

गोरखाको ऐतिहासिक ठूलो आँगनमा निर्मित राष्ट्रिय विभूती पृथ्वीनारायण शाहको सालिक अनावरण गर्दै प्रधान सेनापती प्रभुराम शर्माले पुस २७ नेपाली जनताको लागि विशेष महोत्सवको दिन भएको बताए ।

‘नेपाली जनता र नेपाली सेनाको लागि यो गौरबमय क्षण हो,’ उनले भने ।, ‘पृथ्वीनारायण शाहले जहाँ बसेर नेपाली सेनाको निर्माण गरी नेपाल राज्य एकिकरण थाल्नु भएको आज थियो हामी त्यही उभिएर उहाँ प्रति सम्मान व्यक्त गरिरहेका छौं ।’

तत्कालिन समयमा राज्य एकिकरणको लागि पृथ्वीनारायण शाहले स्थापना गरेका ५ वटा गण अहिले पनि अस्तित्वमा छन् । जसलाई नेपाली सेनाको स्थापनाकालिन गणको रुपमा लिइन्छ । सोही अनुरुप पृथ्वीजयन्तीलाई सेनाले विशेष महत्व दिने गरेको छ ।

गोरखा नगरपालिकाको २२ लाख लागतमा गोरखा नगरपालिका ६ ठूलो आँगनमा पृथ्वीनारायण शाहको ७ फिट ३ इन्चको सालिक राखिएको छ । सालिक सहितको मनोग्राममा नेपालको
झण्डा, नेपालको नक्सा र सालिक पनि राखिएको छ ।

अब देखि दैनिक बिहानको सूर्योदय र बेलुकीको सूर्योस्तको समयमा पृथ्वीनारायण शाहकालिन नेपाली सेनाको पेसाकमा सेनाको परेड खेल्ने र सलामी अर्पण गर्ने बताइएको छ । गोरखा
नगरपालिकाले पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्न सालिक निर्माण गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले बताए ।

यसले जिल्लाको ऐतिहासिक महत्वलाई थप उजागर गर्दै पर्यटन प्रवद्र्धन गर्ने विश्वास लिइएको उनको भनाई छ । कार्यक्रममा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख एवम् मुख्य अनुसन्धान निर्देशक हुत्तराज थापा पनि सहभागी भएका थियो ।

कार्यक्रम सुरु हुनु पूर्व स्थानीय कला सस्कृति र भेषभुषा झल्कने खालका झाकी समेत प्रस्तुत गरिएको थियो । नेपालको राष्ट्रिय झण्डा, पृथ्वीनारायण शाह एवं एकिकरण कालिन तस्वीर चित्रहरु राखेर गोरखाको ठूलो आँगन क्षेत्रलाई झकिझकाउ पारिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार