• बुधबार, साउन २० २०८३

‘दृष्टि’बोलको म्युजिक भिडियो  सार्वजनिक ( भिडियो ) 


बिहिबार, पुष २८ २०७९
945
Shares

काठमाडौं। रोनित खालिङ राई र तेन्जिन डोल्मा बज्राचार्य अभिनित ‘दृष्टि’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा गायक  रोनित खालिङ राईको  सुमधुर स्वर सुन्न सकिन्छ।  गीतलाई गायक राई, पेम्बा र आकाशले मिलेर लेखेका हुन्।   पेम्बा र आकाशले सयुक्त रुपमा   संगीत संयोजन गरेका हुन्।  

म्युजिक  भिडियोमा  एउटा युवाले अनाथालयलाई सहयोग गर्नको लागि गरेको प्रयास र यात्रालाई सुन्दर तरिकाले प्रस्तुत गरिएको छ।  ग्रे म्याटर फिल्म्सको प्रस्तुति रहेको यस भिडियोलाई विकास रंजितकारको  छायाँकन र सम्पादन गरेका हुन्।  भिडियोलाई दिवेज शाहको निर्देशनमा तयार पारिएको हो। भिडियो गायक राईको युट्युव च्यानल ‘रोनित खालिङ राई अफिसिएल’ मार्फत सार्वजनिक भएको हो।

यसअघि गायक राईको स्वरमा ‘सम्बन्ध’, ‘प्रतिबिम्ब’ लगायत गीतहरु सार्वजनिक भैसकेका छन्।  निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार