• आइतबार, साउन १० २०८३

लकडाउनका कारण नागरिक साझा सवाल गोरखाले सुरु ग¥यो ‘भिडियो बैठक’


मंगलबार, बैशाख ३० २०७७
975
Shares

गोरखा । नागरिक साझा सवाल गोरखाले आफ्नो नियमित बैठक भिडियो मार्फत गर्न सुरु गरेको छ ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले घोषणा गरेको लकडाउनको पालना गरी साझा सवालले गत बिहिबारदेखि भिडियो मार्फत नागरिक समाजसंगको छलफल अघि बढाएको हो ।

नागरिक साझा सवालका संयोजक स्थानेश्वर दसवाडीको अध्यक्षतामा भएको बैठकमा कोरोना भाइरसका कारण जिल्लामा देखिएको असहज परिस्थिती र सर्वसाधारणको जनजिवनमा परेको असरका बारेमा छलफल भएको थियो ।

सोच नेपाल जिल्ला कार्यालय गोरखाको समन्वय तथा ब्यवस्थापनमा भएको बैठकमा बिभिन्न क्षेत्रमा आवद्ध नागरिक समाज संघसंसस्थाका प्रमुख एवं प्रतिनिधीहरु गरी १२ जनाको सहभागिता रहेको थियो ।

करिब २ घण्टा चलेको भिडियो बैठकमा संयोजक दुवाडी सहित नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा, गैरसरकारी संस्था महासंघका अध्यक्ष सीताराम श्रेष्ठ, प्याव्सन गोरखाका अध्यक्ष सीताराम तिवारी, नेपाल औषधी ब्यवसायी संघ गोरखाका अध्यक्ष संगमबाबु श्रेष्ठ लगायत नागरिक समाजका अगुवाहरु भोला भट्टराई, हरी देवकोटा, मोहसिन अलि मियाँ, कमला लामिछाने, विनोद अर्याल, प्रेमध्वज थापा, रिता परियार लगायतको सहभागिता रहेको थियो ।

बैठकले कोरोना भाइरस र यसको रोकथामका लागि जिल्लामा बिभिन्न तहबाट भइरहेको प्रयास र कार्यको समिक्षा समेत भएको छ । त्यस्तै बैठकबाट कोभिड १९ को रोकथाम अभियानमा स्थानीय तह र प्रशासनसंग सहकार्य गरी अघि बढ्ने, यस्तो अवस्थामा हुन सक्ने कालोबजारी रोक्न पहल गर्ने, जिल्लामा सञ्चालन हुने विकास निर्माणका आयोजनाका लागि ‘रेड जोन’मा परेका जिल्लाबाट मजदुर ल्याउने कार्य रोक्न पहल गर्ने निर्णय गरेको सोच नेपालका जिल्ला संयोजक मोहसिन अलि मियाँले बताए ।

त्यस्तै बैठकबाट जिल्लामा सहज खाध्य आपूर्ति र ब्यवस्थापनका लागि प्रशासनलाई अनुरोध गर्ने, स्थानीय तहलाई विपद जोखिम न्यूनिकरण र ब्यवस्थापन ऐन तर्जुमा र सो को कार्यान्वयनको लागि पालिका स्तरीय विपद जोखिम न्यूनिकरण र ब्यवस्थापन कार्ययोजना निर्माण र कार्यान्वयनको लागि दवाव सृजना गर्ने, स्थानीय सरकारको आर्थिक बर्ष २०७७/७८ को नीति कार्यक्रम तथा वजेट योजना तर्जुमा प्रकृयालाई तत्काल शुरु गरी समयमै वजेट सार्वजाजिक गर्न र वजेट तर्जुमा प्रकृयालाई समावेशी, सहभागितामूलक र पारदर्शी बनाउन समेत अनुरोध गर्दै आवस्यक सहयोग गर्ने निर्णय भएको बताइएको छ ।

लकडाउनभर प्रत्येक हप्ता बैठक बस्ने र हरेक हप्ता नागरिक समाज सहित स्थानीय तहका प्रमुख, प्रशासनका प्रतिनिधी लगायतसंगको संवादलाई समेत अघि बढाउने बैठकले निर्णय गरेको संयोजक दुवाडीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार